भारतले सिमाना मिचेको बिरोधमा माननीय सुदन किरातीको भावुक गीत पृथ्बीको नक्सा भित्र

  सिलिचुङ समाचारदाता

भोजपुर । भारतले सिमाना मिचेको बिरोधमा संघिया संसद सुदन किराँतीको शब्दमा पृथ्वीको नक्स भित्र मेरो सुन्दर देश बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायिक कला राईको स्वरमा तथा जितन राईको संगीतमा सेवा ढोग अनलाइनले यूट्यूवमा सार्वजनिक गरेको हो ।
भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार