सिटिजन लाईफ इन्स्योरेन्स धरानमा खैलाबैला, सामाजिक कार्य गर्ने नाममा भानुचोकमा भोट मागेको आरोप

  सिलिचुङ समाचारदाता

धरान । केही महिना अघि धरानमा आफ्नो साखा कार्यलय स्थापना गरी आधिकारीक ब्याबसय शुरुवात गरेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी विवादमा फसेको छ ।

विमा कम्पनी र होप धरान नामक संस्थाले आयोजना गरेको एक कार्यक्रमा मंसीर १४ गते हुन लागेको उप निर्वाचनमा धरान उप महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी बनेका तिलक राईलाई उक्त कार्यक्रममा प्रमुख अतिथी बनाई मञ्चबाट भोट माग्न लगाएको भन्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका लिडर, अभिकर्ता र साखाका कर्मचारीहरु विच बाद बिबाद भइ खैलाबैला भएको हो ।
धरानमा साखा कार्यालय स्थापनासंगै जोडिएर अभिकर्ता हुदै हाल अगुवा लिडरको रुपमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा काम गर्दै आएका धरानका नर्बदा श्रेष्ठ यस विषयमा बढी आलोचित बनेका छन ।

श्रोतका अनुसार होप धरानका अध्यक्ष निश्चल पलिखे र विमाका लिडर नर्वदा श्रेष्ठ बीच छलफल भई दुइ सस्था सिटिजन लाईफ इन्स्योरेन्स शाखा कार्यालय धरान र होप धरानले भानुचोकमा रहेका सडक बालबालिकाहरुलाई खाना खुवाउने कुरामा सहमती भएको र विमामा काम गर्ने कर्मचारी तथा अभिकर्ताहरुसंग ब्यक्तिगत सहयोग रकम उठाउने बारे सिटिजन लिडर ग्रुप नामक च्याट ग्रुप र फोन मार्फत अगुवा श्रेष्ठले नै अभियान संचालन गरेको बताएको छ । तथापी यस विषयमा सबैको सहमती नभएको श्रोतको भनाई छ ।
सार्वजानीक ठाउँमा कार्यक्रम हुने भएकोले सवैको चासो र नजर परेको र केहि मिडियालाई समाचार संकलनको लागि समेत खवर गरिएको उक्त कार्यक्रमको बारेमा जव अनलाईन, पत्रपत्रिका र अन्य सोसियल मिडियाहरुमा कांग्रेस उम्मेदवारलाई मात्रै प्रमुख अतिथी बनाएर उनैको हातवाट खाना खुवाई भोट अपिल गरेको आसायको समाचार आएपछि विमाका कर्मचारी, अभिकर्ता र अन्य शुभचिन्तकहरुमा खैलाबैला भई एक आपसमा रडाको मच्चेको थियो । यसले कार्यले टिममा समेत विवाद शूरु भएको छ । यस भन्दा अगाडी पनि लिडर श्रेष्ठको कार्यशैलि प्रति टिमका केही सदस्यहरु असन्तुस्त भएको बताइन्छ ।


यस विषयमा विमा कम्पनीको प्रधान कार्यालय टेकुमा सम्पर्क गर्दा अम्विका गजुरेल नामको महिला कर्मचारीले सबै सरहरु खानाको लागि बाहिरिएकोले अहिले बोल्नु सक्नु हुन्न भनेर तारीदिए । यता धरान साखा प्रमुख खगेन तोलाङसंग बुझन खोज्दा विमा कम्पनी र होप धरानले संयुक्त रुपमा शडक बालबालिकाहरुलाई खान खुवाउने सल्लाह भएको हो तर कांग्रेस उम्मेदवारलाई प्रमुख अतिथी बनाएर भोट अपिल गर्न लगाउने बारे कुनै सल्लाह नभएको बताए ।
श्रोतका अनुसार सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी साखा धरानका अभिकर्ताका लिडर नर्बदा श्रेष्ठ कांग्रेसमा भरखरै प्रबेश गरेका कार्यकर्ता हुन भने होप धरानका अध्यक्ष निश्चल पलिखे पनि नेपाली कांग्रेस पार्टी धरानका जिम्मेवारी कार्यकर्ता हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार