भोजपुर । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रम संचालित अरुणगाउँपालिका चरम्वी र जरायोटारमा खोज तथा उद्धारको समाग्री वितरण गरेको छ । कार्यक्रम सञ्चालन भएको अरुण गाउँपालिका–४ चरम्बी, ६ जरायोटार र ७ सिक्रेटारमा वडा कार्यालय स्थानीय विपद व्यवस्थापन समितिलाई लाई नौ लाख बराबरकाखोज तथा उद्धारका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
विपद् प्रतिकार्यका लागि अत्यावश्यक पर्ने अग्नि समयक यन्त्र, लाइफज्याकेट, गल, सावेल, गैती, त्रिपाल, प्राथमिक उपचारका सामाग्रीहरु लगायत अन्य खोज तथा उद्धारका सामाग्रीहरु एक कार्यक्रमको विच रेडक्रसका शाखाका सभापति तुलबहादुर सुव्वाले उक्त वडाकावडाध्यक्षहरु प्रेमकुमार राई, ज्ञानेन्द्र दाहाल र डिल्लीराम अधिकारीलाई हस्तान्तरण गरेको कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताए ।
उक्तखोज तथाउद्धारका सामाग्रीहरु हस्तान्तरण गर्नुको मुख्य उद्धेश्य मानवीय तथा भौतिक सम्पतिको क्षति न्यूनीकरणमा सहयोग गर्न तथा विपद्पछि तत्कालै उद्धार गर्न टेवा पु¥याउने साथै राहात सामाग्री प्रभावित परिवारलाई उपलव्ध गराउनु रहेको कार्यक्रम अधिकृत श्रेष्ठले बताए ।
कार्यक्रम अधिकृत श्रेष्ठका अनुसार गाउँपालिकाको वडाहरुमा बढि सुख्खा खडेरी, आगालागी तथा कोशीबाट (अरुणनदी) प्रभावित हुनेसक्ने समुदाय भएकोले हङकङ रेडक्रसको सहयोगमा सन् २०१८ को मेदेखि समुदायमा आधारित विपद् जोखिमन्यूनीकरण (CBDRR) कार्यक्रम संचालित रहेकोले उक्त वडामा खोज तथा उद्धारका सामाग्री उपलव्ध गरिएको समेत श्रेष्ठले जानकारी गराए । विपद् प्रतिकार्यको लागि समुदायमा खोज तथा उद्धारका जनशक्ति उत्पादन गर्न केहि समयपछि समुदाय स्तरको खोज तथाउद्धार सम्बन्धि तालिमको आयोजना गरिने समेत श्रेष्ठले बताए ।
उक्त खोज तथाउद्धारका सामाग्रीहरु उपलव्ध गराएकोमा वडाध्यक्षहरुले रेडक्रसलाई आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो साथै उक्त सामाग्रीको विपद् पूर्वतयारी तथाविपद्को समयमा मात्र प्रयोग गरि पूर्ण रुपमा सदुपयोग गर्ने बताएका थिए ।