भोजपुर । घरेलु दिवसको अवसरमा भोजपुरमा तीन जना उद्योगी सम्मानित भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय तीन जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा कृर्षी तथा पशुपालन फर्मकी सञ्चालक षडानन्द नगरपालिका–९, किमालुङकी किमा शेर्पा, भोजपुर नगरपालिका–७ पाँचधारे पाउरोटी उद्योग सञ्चालक इन्द्रमाया तामाङ र सिहंदेवी मछिटोको तेल उद्योगका सञ्चालक रामप्रसादराई गाउँपालिका१ ओख्रेका रमेश खड्कालाई सम्मान तथा पुरस्कृत गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरमा निमित्त प्रमुख प्रेम बुढाथोकीले जानकारी दिए । तीनै जनालाई जनहि तीन हजार र सम्मान पत्रद्धारा पुरस्कृत गरिएको हो ।
दिवसको अवसरमा लोकतान्त्रीक गेट देखि चारभञ्जयाङ सम्म ¥याली र त्यसपछि जिल्ला समन्वय समितिको सामुदायिकहलमा आएर कार्यक्रम गरिएको थियो । कार्यक्रमको अवसरमा बोल्ने बत्ताले जिल्लाका उद्योग, र उद्योगीका समस्या पहिचान गरी संघीय सरकार, प्रदेश सरकरा र स्थानीय सरकारले यस तर्फ गम्भिर भएर लाग्नु पर्ने बताएका थिए । उत्पादित वस्तु तथा सेवाको बजार र बजारीकरणमा समस्या भएकाले बजारको व्यवस्था गर्नु पर्ने सहभागीले बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संघीय साँसद सुदन किराँतीले कृर्षीमा आत्मानिर्भर हुनका लागि साना उद्योगको प्रवद्धनमा जोड दिनु पर्ने बताए । किराँतीले साना उद्योगबाट नै नेपालको समृद्धि सम्भव रहेको समेत बताए ।