काठमाडौं। भोजपुर सहित १८ ओटा पहाडी जिल्लामा सरकारले १८ का प्रमूख जिल्ला अधिकारीमा नेपाल सरकारको सहसचिव र प्रहरी प्रमूखमा एसपी पठाउने भएको छ । पहाडी जिल्लाहरुमा सहसचिव र एसपी पठाएर शान्ति सूरक्षा सुदृढ गर्न गृह मन्त्रालय लागि परेको जनाएको छ ।
हाल उपसचिव प्रमूख जिल्ला अधिकारी र डिएसपी प्रहरी प्रमूख रहेका १८ जिल्लामा सहसचिव र एसपी पठाउने तयारी गरेको हो।
हिमाली जिल्लाहरुमा भने थप निर्णय गरिएको छैन। सरकारले लामो समयको गृहकार्यपछि उक्त तयारी थालेको हो।
माथिल्लो दर्जाबाट कर्मचारी पठाउने भएपछि हाल रहेका सिडिओ र प्रहरी प्रमूखहरु सहायकको भूमिकामा राखिनेछ। कतिपयलाई अन्यत्र सरुवा गरेर भएपनि गृहले नयाँ कर्मचारी पठाउने तयारी गरेको छ।
सहसचिव स्तरका सिडियो र एसपी हुने अबका जिल्लाहरु
पाँचथर
भोजपुर
खोटाङ
संखुवासभा
ओखलढुंगा
रामेछाप
दोलखा
लमजुङ
पर्वत
अर्घाखाँची
प्युठान
सल्यान
डोल्पा
बैतडी
जुम्ला
दैलेख
अछाम
डडेल्धुरा