भोजपुर । लघुवितमा आवद्ध विभिन्न ठाउँका ९० महिलालाई वित्तिय रुपमा साक्षर गराउने उद्देश्यका साथ डिप्रोक्स लघुवित्त वितिय संस्था शाखा कार्यालय भोजपुरले एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै कार्यक्रममा महिला शशक्तीकरणमा जोड दिदै कसरी आत्मा निर्भर बन्न सकिन्छ भन्ने विषयमा जोड दिईएको शाखा प्रबन्धक कुलमणी बरालले जानकारी दिए ।
त्यस्तै संस्थाका प्रदेश १ का प्रमुख राजेश थापाले वितिय संस्थाको विषयमा जानकारी दिँदै सदस्यहरुको गुनासो सम्बोधन समेत गरेका थिए । भोजपुर बहुमुखी क्याम्पसको सभाहलमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अथिती भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले, डिप्रोक्स लघुवित्त वितिय संस्था प्रदेश प्रमुख राजेश थापा मगर लगायतको उपस्थिती थियो ।