भोजपुरमा जुनारको रसले सर्किएर मृत्यू

  सिलिचुङ सम्बाददाता

भोजपुर । भोजपुरमा जुनारको रस पिउने क्रममा सर्किएर एकजनाको घटनास्थलमै ज्यान गएको छ । षडानन्द नगरपालिका १२, देउराली सुनखानीस्थित जुनारको रस सर्कीदा स्थानीय ५० वर्षीय मान बहादुर घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सोमबार स्थानीय तारा राईको बारीमा फलेको जुनार खादा रसले सर्किएर घिसिङको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनसाथ प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी अनुसन्धान थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार