उपचारका लागि सहयोग याचना

  सिलिचुङ सम्बाददाता

लोकबहादुर खत्री

 

भोजपुर । पेटको रोगले ग्रस्त रामप्रसाद राई गाउँपालिका ४, दलगाउँ निबासी लोकबहादुर खत्रीले उपचारका लागि सहयोगको याचना गरेका छन् । वैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुगेका ३५ वर्षिय खत्रीको केहिवर्षअघि भवनको काम गर्ने क्रममा लडेर खुट्टासंगै पेटमा गम्भिर समस्या पुगेको थियो ।
मलेसियाबाट फर्केर भोजपुर, धरान, विराटनगर हुँदै काठमाडौँको सिनामंगलस्थित केएमसी हस्पिटलमा उपचार गरिरहेका खत्रीको आर्थिक स्थिती कमजोर भएकाले उपचारमा समस्या आएको उनका दाजु कुलबहादुर खत्रीले जानकारी दिएका छन् । भवन बनाउने क्रममा ७ तलाबाट लडेर उनको खुट्टा र पेटमा गम्भिर चोट पुगेको थियो । उनको खुट्टामा स्टिल लगाईएको छ ।
उक्त हस्पिटलमा उपचाररत खत्रीको पेटको उपचारका लागि २ लाख ७५ हजार खर्च भईसकेको र अस्पतालका अनुसार अझै उनलाई ३ लाख रुपैँया उपचार खर्च आवश्यक पर्ने जनाईएको छ । आर्थिक अवस्था दयनीय भएकाले सहयोग जुटाउन खत्रीका परिवारले सहयोगको अपिल गरेका छन् । सहयोगी हातका लागि खत्रीले सर्वसाधरणलाई निम्नअनुसार विवरण उल्लेख गरेका छन् ः
क) खत्रीका दाजु कुलबहादुर नामको
राष्ट्रिय वाणिज्य बैंक खाता नं. २०४००२०४३७१०
ख) सम्पर्क
९८४३९५६३३१, ९८४२२७२७५२

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार