किँरात येले सम्बत् ५०८० को अवसरमा शुभकामना आदानप्रदान

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुरमा किँरात समुदायको नयाँ साल किँरात येले सम्बत् ५०८० सुरु भएको अवसरमा विविध कार्यक्रम गरिएको छ । सो अवसरमा किँरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
किँरातहरुको भाषा, पहिचान, संस्कृती, मौलिकता र सभ्यतालाई जोड दिँदै उपस्थित वक्ताहरुले आफ्नो विचार तथा सुझाव राखेका थिए । सम्बोधनका क्रममा उनीहरुले प्रदेश १ लाई किँरात प्रदेश घोषणा गर्न बोली र एजेण्डामा सिमीत नराखी आफ्नो वास्तविक सभ्यता र पहिचानको आवाजलाई बुलन्द गर्नुपर्ने आवश्यक रहेको बताएका थिए ।
उक्त कार्यक्रममा भोजपुर बहुमुखी क्याम्पसका उप–प्राध्यापक उत्तमसिंह राईले किँराती सम्बत्को कार्यपत्र प्रस्तुत गरेका थिए । यसका साथै कार्यक्रममा विभिन्न राई भाषाबाट गित, कविताका साथै मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य कुमारी लक्ष्मी राई लगायत जिल्लाका विभिन्न संघसंस्थाका व्यक्तित्वको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार