भोजपुरमा एमसीसीको विरोध गर्ने तीन जना पक्राउ

भोजपुर। एमसीसीको विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई सहित प्रहरीले पक्राउ गरेको हो ।
तीनैजनालाई माघ २ गते साँझा भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबार राती घरैमा सुतिरहेको वेला पक्राउ गरेको हो ।
स्थानीयले डिएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर उनले एमसिसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए ।


सदरमुकाम नजिकै देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए । उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन् ।
आन्दोलनमा उत्रिएकाले प्रहरी प्रशासनले ज्यादती गरेको प्रतिक्रिया दिएका छन् । शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको गुनासो उनीहरुले गरेका छन् । । प्रहरीलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौ’, इन्स्पेक्टर पाण्डव राजवंशीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार