https://youtu.be/w4PSuyqLgUg
वाचिप्पा वाचिच्प्पा खाना किरात राई समुदायको संस्कृति र मौलिकतासँग जोडिएको छ । वाचिप्पा बनाउनका लागि कुखुराको भाले भए राम्रो मानिन्छ । वाचिप्पासँग किरात संस्कृतिको साइनो पनि उत्तिकै छ । किराती समुदायले पितृ पुज्दा वाचिप्पा पकाएर तीन चुलामा चढाउने परम्परा छ । पितृ पूजा, उधौली र उभौली साकेलाको अवसरमा किरातीका घरमा अनिवार्य वाचिप्पा पाक्छ । सर्वप्रथम कखुराको प्वाँख डढाइन्छ धूलो सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पँखेटा, खुट्टा लगायतको मासुलाई मसिना हुने गरि काटिन्छ । नुन, तेल र मसला प्रयोग गर्नुपर्छ । कुखुरा काटेपछिको रगत मिसाउँदा अझ स्वादिलो । नहँुदा धेरै प्वाँख भएको कुखुरा भए पनि हुन्छ । यो खाना सामान्य तीतो हुने भए पनि छुट्टै खालको स्वाद यसमा हुन्छ । यो अग्र्यानिक खानामा अदुवा, लसुन र जिरा मसला मात्रै मसलाका रुपमा प्रयोग गर्नुपर्छ । खोर्सानी आवश्यकताअनुसार प्रयोग हुन्छ । काटिएको मसिना मासु र डढाएको कुखुराको प्वाँखलाई मिसाइन्छ । पाक्दै गरेको मासुमा चामल लगाउनुपर्छ । त्यसपछि पानी लगाएर बेस्सरी पानी सुक्ने गरी पकाउनुपर्छ ।