सरकारको तयारी अपर्याप्त रहेको भन्दै सर्वदलीय बैठकमा आलोचना

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय सरकारी समितिको बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरुले नेपालको कोरोना भाइरससँग जुध्ने तयारी अपर्याप्त रहेको गुनासो गर्दै नेपालले जुध्न नसक्ने आरोप लगाएका छन्।

राजनीतिक दलका नेताहरुले खाद्य आपूर्ति सुचारु बनाउन र कालोबजारी हुन नदिन पनि मन्त्रीहरुसँग माग गरेका छन्।

नेपालमा कोरोनाको जोखिम धेरै रहेको उल्लेख गर्दै नेताहरुले युद्धस्तरको तयारीको सुझाव पनि सरकारलाई दिएका छन्।

सरकारसँग खाद्य अवस्थाको बारे नेताहरुले प्रश्न गर्दा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालमा पर्याप्त खाद्यान्न रहेको उल्लेख गर्दै छ महिनासम्म खाद्यान्न अभाव नहुने दाबी गरे।

‘६ महिनासम्म खाद्यान्न अभाव हुँदैन,’ उनले सर्वदलीय बैठकमा आश्वासन दिए। उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समितिमा नौ मन्त्री पनि सहभागी थिए।

विभिन्न दलका नेताहरु पनि बैठकमा पनि निम्त्याइएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार