लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणले यतिबेला सबै भन्दा बढि युरोपेली मुलुकहरुमध्ये बेलायतलाई आक्रान्त बनाएको छ । कोरोना भाइरस रोकथाम हुनुको सट्टा दिनानुदिन बढदै गएपछि युरोपेली मुलुकहरुको केन्द्रविन्दु नै बेलायत बनेको छ । युरोपेली मुलुकहरुमा सबै भन्दा बढि कोरोना भाइरसले इटालीलाई प्रताडित बनाएको थियो । इटाली, फान्स र स्पेनपछि रहेको बेलायतलाई यतिबेला सबैभन्दा बढि आक्रान्त बनाएको छ । बेलायतमा कोरोना भाइरसबाट २ लाख भन्दा बढि संख्यामा मानिसहरु संक्रमित भएका छन भने हजारौं संख्यामा मानिसहरु मृत्यु भएका छन । बेलायतमा दैनिक जसो सयौंको संख्यामा मृत्यु भइरहेको छ । बेलायतमा कोरोना नियन्त्रण आउन नसकेपछि ठुलो मानवीय संकट उत्पन्न भएको छ ।
४ महिनाअघि चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस एशियाली मुलुकहरु हुदै युरोप अमेरिका लगायत विश्वव्यापी रुपमा फैलिएको थियो । कोरोना भाइरस इटाली, फ्रान्स, स्पेन, बेलायत, जर्मनी, बेल्जिमय र नेजदरल्णड सबैभन्दा बढि प्रताडित बनाएको थियो । तर उक्त मुलुकहरुमध्ये बेलायत सबैभन्दा धेरै संक्रमण फैलिएको छ । यतिबेला युरोपको केन्द्र नै बेलायत बनेको छ । दिनप्रतिदिन कोरोनाको संख्या बढदै गएपनि बेलायतले नियन्त्रणका लागि ठोस काम गरेका छैन ।
बेलायतमा बढदै गएको कोरोना भाइरस तत्कालका लागि नियन्त्रण आइसक्ने कुनै छाँट देखिएको छैन । यसबाट थप मानवीय संकट उत्पन्न हुने निश्चितप्राय छ । भाइरसको संक्रमण दिनप्रतिदिन बढदै गएपछि अनुमानले समेत सीमा नाघेको छ । जसबाट क्रुरतामा परिणत हुदै गएको छ । कोरोना भाइरसको संक्रमण बढदा अन्य युरोपेली मुलुकहरुले पुर्ण रुपमा लकडाउन गरेपनि बेलायतले अर्ध रुपमा लकडाउन गरेको छ । बेलायत सरकारले मानिसहरुलाई घरभित्र सुरक्षित रहनका लागि आब्हान गरिएको छ । जसले गर्दा मानिसहरुको दैनिक जीवनमा ठुलो असर गरेको छ । सरकारको आब्हान र सुरक्षाका लागि अधिकांश मानिसहरु अत्यावश्यक काम बाहेक घरभित्रै बसेपछि केहीदिन देखि रोजीरोटीका लागि मानिसहरु बाहिर निस्कन थालेका छन ।
पुर्वतयारीको अभाव
चीनमा कोरोना भाइरसको संक्रमण भइरहँदा र विस्तारै अन्य मुलुकहरुमा बढदो क्रम रहदाँ यसको नियन्त्रण गर्न पर्याप्त समय थिए । प्रशस्त्र समयहरु हुदाँ हुदै पनि सवैभन्दा प्रभावित मुलुकहरुले नियन्त्रणका लागि खासै पुर्वतयारीमा ध्यान दिइएन । जुन अहिले ठुलो मानवीय क्षति व्यहोर्नुपरिरहेको छ । चीनले एउटा स्टेटदेखि अर्को स्टेटमा सर्न नदिनका लागि उच्च सर्तकता अपनाएका थिए । नियन्त्रणका लागि रातदिन आफ्ना स्रोत साधन परिचालन गरे । तत्कालै कोरोना भाइरस उपचारका लागि अस्पताल समेत निमार्ण गरेका थिए । चीनको अनुभवलाई धेरै मुलुकहरुले अनुसरण गर्न सक्थ्यो । तर उल्टै चिनियाँ भाइरस भनेर गिज्याउने काम भयो । बेलायतको लण्डनमा चिनियाँ विद्यार्थीलाई कोरोना भन्दै कुटपीट समेत गरिए ।
आर्थिक रुपमा टाट
यतिबेला विश्व लकडाउनको अवस्थामा छ । यसले सम्पुर्ण मानवजीवन नै अस्तव्यस्त रहेको छ । सवै खालको आर्थिक सामाजिक क्रियाकलापहरु ठप्प भएको छ । उद्योग धन्दा कलकारखानाहरु सबै बन्द छ । धेरै मानिसहरु रोजगारविहिन अवस्थामा पुगेको छ । यस्तो अवस्थामा पनि दिनप्रतिदिन अवस्था नाजुक बन्दै गएको छ । सवै खालको सुरक्षा पर्खालहरु तोडदै विश्वव्यापी संकट उत्पन्न भएको छ । चीनको वुहान शहरलाई लकडाउन गरेर चीनले जुन नियन्त्रणको विधि अवलम्बन ग¥यो त्यसबाट उसले सफलता हासिल गरे । तर यसलाई गम्भिरतापुर्वक सावधानी अपनाउने कुरामा अन्य मुलुकहरु चुके ।
युरोपको सबै भन्दा धनी मानिएको बेलायत कोरोना नियन्त्रण गर्न सकेको छैन । बेलायतले कोरोना नियन्त्रणका लागि ठोस कामै गर्न सकेको छैन । बेलायत राष्ट्रसंगै देशका प्रधानमन्त्री समेत कोरोनाबाट पीडित भए । कोरोनाले बेलायतमा अझै ठुलो मानवीय क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ । मानवीय क्षतिसंगै देशको अर्थतन्त्रलाई नै ठुलो धक्का लाग्ने देखिन्छ । कोरोनाले थिलथिलो एशियाली मुलुकहरुलाई बनाउने अनुमान गरिएपनि पछिल्लो समय युरोपेली मुलुकहरु थिलथिलोमा परेको छ । कोरोना भाइरसले बेलायतमा मात्र २ लाख ५० हजार मानिसको मृत्यु हुनसक्ने विज्ञहरुकोले चेतावनी दिएको छ । प्रकोप नियन्त्रणका लागि अघि सारिएका योजनाहरुले काम नगर्दा विज्ञहरुको चेतावनीप्रति सरकारी अधिकारीहरु खासै सतर्क बनेन् । प्रकोपबाट हुने क्षति न्यून गर्नकै लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । केही मानिसहरु घरबाटै काम गर्न थालेका छन् । धेरै मानिसहरु भने रोजगारविहिन अवस्थामा पुगेको छ । सार्वजनिक स्थलहरुमा मानिसहरुलाई भेला हुन बन्देज लगाइएको छ । तर पनि नियन्त्रण आउन सकेको छैन ।
अझै मानवीय क्षति हुने
कोराना भाइरसले मानवीय क्षति हुने निश्चित जस्तै देखिएको छ । कोराना भाइरस नियन्त्रणका लागि बेलायतसंग कुनै ठोस योजना देखिदैन । कोरोना नियन्त्रणका लागि कुनै योजना छैन । नियन्त्रण गर्न खासै चासो दिएको पाइदैन । बेलायतमा केही समयअघिसम्म माक्स, सेनटाइजर, टवाइलेट पेपर जस्ता सामाग्रीहरु पनि अभाव भएको थियो । अभावसंगै यस्ता सामाग्रीहरुको कालोबजारीसमेत भएको थियो । तर सरकारले नियन्त्रण गर्न सकेन । हालसम्म विश्वभरी दुई लाख ६० हजार मानिसहरुको मृत्यु भइसकेको छ । बेलायतमा मात्रै आजसम्म ३० हजार माथिको संख्यामा मृत्यु भइसकेको छ । यही अवस्था हो भने बेलायतले अझै ठुलो झड्का व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।
युरोपमा सबैभन्दा पहिला इटालीमा देखिएको थियो । इटालीमा देखिनु वित्तिकै कोरोना संक्रमितहरु एक्कासी बढेको थियो । इटालीपछि युरोपेली प्राय सबै मुलुकहरुमा फैलिएको थियो । इटालीपछि स्पेन, फान्स, बेलायत, जर्मनी, बेल्जियम र नेदरल्याण्डमा सबैभन्दा बढी संख्यामा रहेको थियो ।
युरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण बढनुको मुख्य कारण खुल्ला सीमाना प्रमुख हो । युरोपेली मुलुकहरु भित्र एक देशदेखि अर्को देशमा जान कुनै समस्या छैन । विना रोकावट एकदेशबाट अर्को देशमा जान मिल्ने भएको कारण पनि कोरोना संक्रमण युरोप भरी फैलिएको हो । खुल्ला सीमाना हुदाँहुदै पनि कोरोना भाइरस फैलन कुरामा युरोपेली मुलुकहरुले कुनै हेक्का राखेन । पुर्ण रुपमा लकडाउन गरेर नियन्त्रण र रोकथाममा ध्यान दिनुपर्ने भएपनि युरोपेली मुलुकहरुले खासै ध्यान दिएन । कोरोना नियन्त्रणको लागि पुर्ण सजगताको विधि अबलम्बन गर्न तर्फ कुनै काम गरेन । स्वास्थ्यको हिसावले अति नै जोखिम र संवेदनशील भएपनि नियन्त्रणका लागि सरकार खासै संवेदनशील बनेन् । त्यसैले कोरोना भाइरसले यतिबेला आक्रान्त बनाएको छ ।