भोजपुरमा दाना नपाएर मर्न थाले कुखुरा

  सिलिचुङ सम्बाददाता

पौवादुङ्मा गाउँपालिका ४, बास्तिमस्थित स्थानीय अनिता प्रधानले सञ्चालन गरेकी लेयर्स कुखुरा फर्म । लकडाउनले फर्ममा उत्पादित अण्डा र मासु खपत हुन छाडेको छ । तश्विर

 

भोजपुर । लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी बनेको छ । लकडाउनले बजार अभाव र दाना अभाव हुन थालेपछि व्यावसायीहरु निराश बनेका छन् । बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि धेरै पोल्ट्री फर्महरु रित्तिन थालेका छन् ।

व्यवसायबाट मनग्गे आम्दानी गरिरहेका उनीहरु कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनले सबै क्षेत्र बन्द भएपछि व्यवसायबाट पलाएन हुने सम्भावना बढेको उनीहरु सुनाउँछन्

विदेशको मोह त्यागी लाखौँको लगानीमा थालेको व्यावसायिक कुखुरापालनमा लागेका युवा लकडाउनका कारण व्यावसाय धरासायी बनेपछि निराश छन् । बैंकबाट ऋण लिएर थालेको व्यावसाय लकडाउनले चौपट बनाएपछि किस्ता तिर्न समेत विकल्प खोज्न समस्या भएको अजिमा पोल्ट्री फर्म, टक्सारका सञ्चालक दिपक श्रेष्ठले बताए ।
‘३० लाखभन्दा बढिको लगानी छ, दैनिक २२ हजारभन्दा बढीको दानामा खर्च हुन्छ, दाना खरिद गर्न नसक्दा कुखुरा मर्न थाले, गाउँगाउँबाट मकै किनेर ख्वाईरहेको छु’ उनले भने, ‘बैङ्कको किस्तै तिर्न समस्या हुने भयो, लकडाउन यसरी नै बढिरह्यो भने के गर्ने, यतिबेला अरु विकल्प पनि छैन’ लकडाउनले जिल्लाभित्र र बाहिर नै ठप्प बनाएपछि कुखुराको माग घटेपछि व्यावसाय चौपट भएको उनी गुनासो गर्छन् । जिल्लाका करिब ३ दर्जन बढि व्यावसायिक कुखुरा, पशुपालन, तरकारी फर्महरु लकडाउनले ठप्प भएका छन् ।
व्यावसायिक पशुपालन तथा कुुखुरापालनमा लागेका युवालाई लकडाउन टाउको दुखाई बनेको छ । व्यवसायबाट मनग्गे आम्दानी गरिरहेका उनीहरु कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनले सबै क्षेत्र बन्द भएपछि व्यवसायबाट पलाएन हुने सम्भावना बढेको उनीहरु सुनाउँछन् । पौवादुङमा गाउँपालिका तिवारीभञ्ज्याङस्थित व्यावसायिक लेयर्स कुखुरापालन फर्म चलाएका दिपक सुवेदीले भने, ‘लकडाउनमा फर्मको कुखुरा बचाउनै गाह्रो भएको छ, दाना सबै सकिन थालेको छ, उत्पादित अण्डा बिक्री नहुँदा फाल्नुपर्ने अवस्था छ’
लम्बिएको लकडाउनले व्यावसाय नै टाठ पल्टिने अवस्थामा रहेको पौवादुङमा गाउँपालिका बास्तिमकी अनिता प्रधानले सुनाईन् । भनिन्, ‘लकडाउनले कुखुरा विक्दैन, भएको दाना पनि सकियो, दाना नभएपछि धेरै कुखुराहरु मर्न थालिसके’ फर्ममा बिक्रीका लागि तयारी कुखुरा र अण्डा व्यवस्थापन गर्न सकस भएको उनले सुनाईन् ।
लकडाउनले बजारीकरण नभएपछि किसानलाई कृषि उपज निल्नु न ओकल्नु जस्तै भएको भोजपुर नगरपालिका ५, बोखिमका मनि राईले बताए । बजार नै ठप्प भएपछि उत्पादित कृषि उपज काउसो बनेको उनले सुनाए । ‘लकडाउनले फर्मबाट उत्पादित सबै तरकारीबाली नबिकेपछि त्यतिकै कुहिदैछ, सारा मेहनत खेर गईरहेको छ’ पशुपालन र कृषिलाई व्यावसायीकरण गरेर राम्रो आम्दानी लिईरहेका टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका दिप राईलाई पनि लकडाउनले व्यावसायमा धक्का दिएको छ । लकडाउनले सिजनको समयमा पनि उत्पादनबाट कुनै फाईदा लिन नसकेको उनले सुनाए । भने, ‘बजारै नभएपछि लगानी कसरी उठाउने भएको छ, व्यावसायिक बनेर आम्दानी गरुम्ला भन्ने सपना मात्रै होला जस्तो छ’
लकडाउनले विशेषगरि पशुपालन, कुखुरापालन तथा व्यावसायिक तरकारी खेती गर्ने किसान मारमा छन् । उत्पादित सामाग्री विक्री नै नभएपछि कुहाउनु र फ्याँक्नुपर्ने बाध्यताले ती व्यावसायहरु संकटमा परेका हुन् । ठुलो लगानीमा व्यावसाय थालेर अन्य व्यक्तीलाई समेत रोजगारी दिँदै आएका धेरै व्यावसायिक कृषकहरु लकडाउनले आफै समस्यामा परेको बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार