भोजपुर । लकडाउनको मौका छोपी जथाभावी म्याद गुज्रिएका दैनिक उपभोगीय सामान बेचिने गरेको पाईएको छ । म्याद सकिएका, अखाद्य र पुराना उपभोगीय बस्तहरु बेचिरहेको गुनासा बढेपछि स्थानीय प्रशासनले गरेको अनुगमनमा यस्तो पाईएको हो ।
सदरमुकामका दर्जनबढि पसलमा गरिएको अनुगमनले ३० हजार बराबरको अखाद्य वस्तु बरामद गरेको थियो
लकडाउनको फाईदा उठाउँदै उपभोक्तालाई म्याद नाघेको र अखाद्य वस्तुहरु बेचिरहेका थोक तथा खुद्रा पसलहरुमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरुबाट अखाद्य बस्तुहरु फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए । ‘अनुगमनका क्रममा म्याद सकिएका फ्रुटी, जुस, विस्कुट, चाउचाउ, मसला जस्ता जंक फुड भेटियो’ उनले भने, ‘बरामद गरिएका सबै बस्तुहरु नष्ट पनि ग¥यौँ’ सदरमुकामका दर्जनबढि पसलमा गरिएको अनुगमनले ३० हजार बराबरको अखाद्य वस्तु बरामद गरेको थियो । बरामद गरिएका म्याद सकिएका र खान नमिल्ने ती उपभोगीय बस्तु नष्ट गरिएको र व्यावसायीलाई सचेत पनि गराईएको लुईँटेलले बताए ।
यस्तै प्रशासनले प्रमुख व्यापारीक केन्द्र रहेको दावाँबजारमा पनि अनुगमन गरेको छ । म्याद नाघेका फ्रुटी, जुस, विस्कुट, चाउचाउ, मसला गरी करिब २५ हजार बराबरको उपभोगीय वस्तु नष्ट गरेको छ । मूल्यसूचीविनै खाद्यान्न सामग्री, पेय पदार्थ, मदिराजन्य पदार्थ लगायत सबै सामान एकै ठाउँमा राखेर बेच्ने गरेको पाइएको थियो ।
लकडाउनमा मूल्यसूचीविनै अखाद्य सामान विक्रीवितरण गर्ने ती पसलमा उपभोक्तालाई मार नपर्ने गरि न्यायोचित मूल्यसूची बनाउन पनि निर्देशन दिईएको सहायक प्रजिअ लुर्ईँटेलले जानकारी गराए । साथै आगामी समयमा पनि उपभोक्ताको हितविपरीत अखाद्य म्याद नाघेका उपभोगीय वस्तुहरु बेचेको पार्ईए कानुन बमोजिम कारबाही गरिने भएको छ ।
बजारमा दैनिक उपभोगीय सामानको मूल्य बढिरहेकाले यसको नियमन गर्नु आवश्यक रहेको अशलशासन क्लबका प्रमुख फविन्द्र प्रधानले बताए । उपभोक्तालाई मार पर्ने गरी खाद्य सामानमा मनपरी मूल्य तोकिने गुनासा आउने गरेकाले तत्काल यसको नियमन हुनुपर्नेमा उनल जोड दिए ।
जिल्ला प्रशासन, जनप्रतिनिधी, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, युवा क्लब लगायतका सरोकारवाला निकायका प्रतिनिधीको सक्रियतामा सदरमुकामस्थित बिगमार्ट, कान्तिपुर किराना पसल, दुर्गा किराना पसल, सजना किराना पसल, विद्याद्यारी किराना पसल लगायत ९ मुख्य पसलमा अनुगमन गरिएको थियो ।