जिर्ण भवनबाटै स्वास्थ्य सेवा, जोखिम मोल्छन् स्वास्थ्यकर्मीहरु

  सिलिचुङ सम्बाददाता

जिर्ण बनेको स्वास्थ्य चौकी नेपालेडाँडाको भवन । तश्विर सौजन्यः सौगात गौतम

 

भोजपुर । ०७२ सालको महाभुकम्पले अति जिर्ण बनाएको षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा प्रवाहमा जोखिम बढेको छ । जिर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसंगै सावधानी अपनाउनुपर्ने बाध्यता छ ।

कन्स्ट्रक्शनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै नआएपछि काम ठप्प

ठेकदारको लापारबाहीले समयमै पक्कि भवन नबन्दा विगत ५ वर्षदेखि उक्त जिर्ण भवनबाटै सेवा प्रवाह हुँदै आएको छ । दैनिक २५ को हाराहारीमा सेवाग्राही आउँदा जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या हुनेगरेको स्वास्थ्यकर्मीहरु सुनाउँछन् । सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए । उनले भने, ‘चेकजाँच त परै जाओस्, सामान्य सिटामोल लिन पनि सास्ती छ, भवन कतिबेला भत्किएर किच्ने हो थाहा छैन’
पक्कि भवन नहुँदा प्रसुती गराउने सुत्केरीलाई पनि अन्यत्र लैजानुपर्ने सास्ती छ । अन्य स्वास्थ्य चौकी अथवा खाँदबारी लैजानुपर्दा सुत्केरी महिलाको ज्यानलाई झन जोखिम हुने गरेको स्थानीय कविता भण्डारीले बताईन् । ‘स्वास्थ्यचौकीको भवन नहुँदा कि कुदाककाउले वडाको स्वास्थ्य चौकी कि खाँदबारी तार्नुपर्छ, सडक पनि राम्रो नहुँदा सुत्केरीको बाटैमा मृत्यूसम्म हुने डर हुन्छ’ उनले सुनाईन् ।
व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने ग्रामीण सर्वसाधरण र स्वास्थ्यकर्मीले चरम सास्ती खेप्नुपरेको स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटाले सुनाए । ‘सामान्य औषधी वितरण गर्न पनि समस्या छ, कतिबेला ठुलो हावाहुरीले पनि भवन भत्किने हो पत्तो छैन’ उनले भने, ‘एउटा पक्कि भवन नहुँदा जोखिम मोलेर स्वास्थ्य प्रवाह गर्नुपर्ने बाध्यता छ’

ठेकेदारको लापारबाहीले अलपत्र निर्माणाधिन अस्पताल भवन । तश्विर, सौगात गौतम

ठेकेदारको लापारबाहीले समयमै अस्पताल भवन नबन्दा जिर्ण भवनबाटै सेवा प्रवाह गर्न बाध्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । उक्त अस्पताल भवन बनाउन ०७३ सालमा स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको टेन्डर खुलाएको थियो । भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्शन भोजपुरले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महिनामा काम सम्पन्न गर्नेगरी स्विकृति पाएपछि काम सुरु ग¥यो । तर कन्स्ट्रक्शनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै नआएपछि काम ठप्प भयो ।
स्थानीयले बारम्बार ताकेता गरेपछि कन्स्ट्रक्शनले काम थालेपनि सोचे अनुरुप कामले गती पाएन । विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण काममा ढिलाई भएको स्वास्थ्य चौकी नेपालेडाँडाका ईन्चार्ज राजनारायण मण्डलले बताए । १८ महिनामा सक्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले लापारबाही गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार