नेपालकाे जनसङ्ख्या ३ कराेड नाघ्याे

काठमाण्डाै – नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो ।

तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।

१२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारकाे तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार