विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, निको हुनेको संख्या ५४ लाख

वाशिंगटन। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड पुगेको छ। १८० दिनमा पूरै विश्वलाई कोरोनाले आफ्नो चपेटामा लिएको छ।
३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनले चीनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको जनाएको थियो। त्यसको तीन महिनापछि २०० भन्दा धेरै मुलुकमा कोरोना भाइरस पुगेको छ।

कोरोना महामारी चीनबाट नै सुरु भएको थियो। तर आज अमेरिका, ब्राजील, रुस, भारत तथा बेलायत विश्वका सबैभन्दा धेरै संक्रमित मुलुक बनेका छन्। यी मुलुकमा संक्रमणको ५३ प्रतिशत अर्थात ५३ लाख २८ हजार ४४९ जना संक्रमित छन्।

चीनमा दैनिक भेटिने संक्रमित ६ मार्चपछि सय भन्दा कम छन्। तीन महिनामा चीनमा करिव करिव महामारी नियन्त्रणमा आएको थियो। चीनमा अहिलेसम्म ८३ हजार संक्रमित भएका छन्। चीनमा अहिलेसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।  ६७ दिनमा कोरोनाबाट ७५ लाख संक्रमित, सुरुमा २५ लाख १११ दिनमा संक्रमित

संक्रमणका गति हेर्ने हो भने सुरुवाती २५ लाख संक्रमित पुग्न १११ दिन लागेको थियो। तर पछि मात्र ६७ दिनमा थप ७५ लाखमा कोरोना संक्रमण देखियो। अर्थात एक दिनमा एक लाख कोरोना संक्रमित।

विश्वव्यापी रूपमा संक्रमणको यति धेरै केसहरू छन् कि धेरै देशहरूको जनसंख्या यस भन्दा कम छ। विश्वभरमा १४४ देश यस्ता छन् जसको जनसंख्या १ करोड भन्दा कम छ। यसमा इजरायल, युएई, अष्ट्रिया, बेलारुस जस्ता मुलुक छन्।  हालसम्म विश्वभर कोरोनाबाट संक्रमित भएका मध्ये ५३ लाख मानिस उपचारपछि निको भएका छन्। प्रत्येक सय जना विमारी मध्ये ५४ जना उपचारपछि निको भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार