बेलायतमा शनिवारदेखि के खुल्छ, के खुल्दैन ?

लण्डन । कोरोना भाइरसका कारण इंग्ल्याण्डमा बन्द भएका धेरै व्यवसायहरु शनिवार देखि खुल्दैछन् । तर त्यस्ता व्यवसायले कोभिड १९ बाट सुरक्षित रहने उपायहरु भने अपनाउनुपर्ने छ । सरकारका अनुसार शनिबारदेखि निम्न व्यवसायलाई खोल्न अनुमति दिइएको छ ।

 

होटल, होस्टल, बेड एण्ड ब्रेकफाष्ट, होलिडे अपार्टमेन्ट र घर, क्यापिङ साइटहरु, क्याराभान पार्कहरु र बोर्डिङ घर, प्रार्थना गर्ने ठाउँ, पुस्तकालय, सामुदायिक केन्द्र, रेष्टुरेन्ट, क्याफे, कार्यस्थलका क्यान्टिन, बार, पब, हेयर सैलुन, बार्बर सप, कपाल काट्ने घुम्ती पसल,चलचित्र घर, थियटरहरु, कन्सर्ट हल,थिम पार्क, साहसिक कार्यका लागि खोलिएका उद्यान, बाह्य जिमखाना र खेल मैदान, संग्रहालय र अभिलेखालय, बिंगो हल, बाह्य स्केटिङ रिन्क, मनोरन्जन केन्द्र, नमूना ग्राम, लगायत खुल्नेछन ।

सोसल क्लवहरु, आक्वारिम, चिडियाखाना, सफारी पार्कहरु, वन्यजन्तु केन्द्रहरु, पुरात्वात्विक स्थानहरु, बगैँचाहरु, फिल्म स्टूडियोहरु पनि खुल्नेछन ।

तर नाइट क्लवहरु, क्यासिनोहरु, बलिङ र इन्डोर स्केटिङ रिन्कहरु, इन्डोर खेल स्थलहरु, स्पाहरु, नेल बारहरु, ब्यूटी सैलुनहरु, ट्यानिङ सैलुनहरु, मसाज, ट्याटु र पिअर्सिङ पार्लरहरु, इन्डोर व्यायाम शालाहरु, नृत्य केन्द्रहरु, जीमखाना, पौडी पोखरीहरु, जलक्रिडास्थलहरु, प्रदर्शनी केन्द्रहरु, सभा हलहरु खुल्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार