काठमाडौं । कोरोना भारस (कोभिड १९) को महामारीले सिर्जना गरेको असामान्य परिस्थितीबाट गुज्रिएर समस्यामा पर्दै आएकाहरुलाई समानताको आन्दोलन गर्दै आइरहेका ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले राहात वितरण गरेको छ ।
कोरानाको महामारीले दैनिक जीवन यापन गर्न समस्या परेकाहरुलाई ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले काठमाडौं, ललितपुर र किर्तिपुरको विभिन्न स्थानमा राहात वितरण गरेको हो । संघर्ष समितिका कृष्णबहादुर राई र महासचिव पुष्प घले रानाको संयोजनमा विभिन्न स्थानमा २ सय भन्दा बढि दैनिक जीवन गुजारा गर्न समस्या परेकाहरुलाई राहात वितरण गरेको छ । राहात वितरणका लागि ललितपुर क्षेत्रको लागि गोर्खा सत्याग्रह संघर्ष समिति नेपालको प्रबक्ता कप्टेन हिमाल राई, सचिव उत्तमप्राद राई सहकोषाध्यक्ष उदिम राईको रोहवरमा राहात वितरण गरिएको छ ।

त्यसैगरी काठमाडौं र अन्य स्थानहरुमा संयोजक कृष्णबहादुर राई र महासचिव पुष्पा घले रानाको रोहवरमा वितरण भइरहेको गोर्खा सत्यग्रह संघर्ष समितिका केन्द्रीय सदस्य ज्ञानबहादुर राईले बताए । राहात वितरण आर्थिक रुपममा विपन्न, असक्त, अपाङ्ग, सुत्केरी, विद्यार्थी लगायतकाहरुलाई वितरण गरिएको गरिएको केन्द्रीय सदस्य राईले बताए ।
राहातमा ३० केजी चामल, दाल, नुन, तेल मस्यौरा बितरण गरिएको ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले जनाएको छ । राहात वितरणमा पुर्व राज्य मन्त्री दिलनमान पाख्रिन, संघीय सांसद यज्ञराज सुनुवार र सुरेशकुमार राई समेत सहभागिता रहेको छ । राहात वितरण निरन्तर रुपमा गरिने संघर्ष समितिले जनाएको छ ।

