भोजपुर । वर्षौदेखि कुपीको उज्यालोमा रात काट्ने विपन्न परिवारलाई सोलार सेट बाँडिएको छ । पूर्वी पौवादुङमा गाउँपालिकाले एकसय ५२ विपन्न परिवारलाई २० वाट क्षमताको सोलार सेट बाँडेको हो ।
गाउँपालिकाले संघीय सरकारको ससर्त अनुदानर्फको बैकल्पिक सौर्य उर्जा कार्यक्रम अन्तर्गत ११ लाख ३१ हजार बजेटबाट श्यामशिलाका २५, तिवारीभञ्याङका १५, च्याङ्ग्रेका २०, बास्तिमका ३३, सानोदुम्माका २५ र ठुलोदुम्माका ३० परिवारलाई सोलार सेट वितरण गरिएको हो । आर्थिक अभावले अँध्यारोमा बस्नुपर्ने बाध्यता झेलेका स्थानीयलाई सोलार सेटले अंधकारबाट मुक्ति पाएको स्थानीय पासाङ तामाङ बताउँछन् । भन्छन्, ‘भौगोलिक विकटता र आर्थिक अभावले विद्युत बाल्न पाईएन, गाउँपालिकाले दिएको सोलार सेटले कुपी बाल्नुपर्ने सास्ती हट्यो’
कोभिड १९ का कारण तत्काल विद्युत सेवा पु¥याउन नसकिएका विपन्न नागरिकलाई लक्षित गरेर सोलार वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । अध्यक्ष राईका अनुसार गाउँपालिका क्षेत्रभित्रका अति विपन्न परिवारको पहिचान गरी विद्युतको पहुँच पु¥याउने उद्धेश्यले सोलार सेट वितरण गरिएको हो ।
गाउँपालिकाले सोलार सेटसंगै ती विपन्न परिवारलाई दोश्रो चरणको राहत समेत वितरण गरेको हो । दोश्रो चरण अन्र्तगतको अतिविपन्न परिवारलाई मात्र राहत बाँडिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिवर्ष गाउापालिकाले सुख्खा खडरी, अमेरीकन फौजी किराबाट प्रभावित करिब तीन हजार स्थानीयलाई राहत दिएको थियो ।