चरम लापारबाहीले पर्खाल भत्किएको निन्दा गर्दै युवाले दिए मेयरलाई सिमेन्ट र माटो उपहार

  सिलिचुङ सम्बाददाता

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय युवा । तश्विर

 

भोजपुर । भोजपुरको नयाँ बसपार्कको पर्खाल निर्माणमा चरम लापारबाही भएको भन्दै भोजपुर नगरबासी युवाले नगरपालिकाको निन्दा गरेका छन् । पर्खाल बनाएको महिना दिन नपुग्दै भत्किएपछि नगरपालिकाको ध्यानाकर्षण गराउँदै युवाहरुले नगर प्रमुख कैलाशकुमार आलेलाई सिमेन्ट र माटो उपहार दिएका छन् ।

लाखौँको लगानीमा बनेको पर्खाल महिनादिन पनि नटिकेपछि बजेटको दुरुपयोग बढेको भन्दै स्थानीयबासिन्दा रुष्ट

प्राविधिक ईस्टिमेट अनुसारको गुणस्तरीय काम नहुँदा भोजपुर नगरपालिका ७, कोदारस्थित नयाँ बसपार्कको पर्खाल भत्किएको युवाहरुको गुनासो छ । पहुँचका आधारमा मात्र मनोमानी ढंगमा काम सकेको स्थानीय युवा अगुवा प्रकाशसिं राईले बताए । भने, ‘निर्माणका कामहरु पहुँचका आधारमा आफ्नालाई गरिखाने भाँडा बनाईयो, पर्खाल निर्माणका काममा दिर्घकालीन टिकाउ देखिएन’ गत जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेपनि गुणस्तरहिन काम भएको अर्का स्थानीय युवा लक्ष्मण चौहानको आरोप छ ।
सम्झौता अनुसार पर्खाल निर्माणका लागि आर्थिक वर्ष ०७६÷७७ को प्रदेश सांसद कोषबाट १९ लाख बजेट छुट्याईएको थियो । निर्माण काममा प्राविधिक ईस्टिमेट नै लापारबाही भएकाले पर्खाल महिनादिन पनि नटिकेको स्थानीयको गुनासो छ । लाखौँको लगानीमा बनेको पर्खाल महिनादिन पनि नटिकेपछि बजेटको दुरुपयोग बढेको भन्दै स्थानीयबासिन्दा रुष्ट बनेका छन् ।
यता नगरपालिका भने अविरलको वर्षातका कारण बसपार्कको पर्खाल भत्किएको बताएको छ । नगरपालिकाका मेयर कैलाश कुमार आलेले भने, ‘पुरुवा माटोमा निर्माण गरिएको पर्खाल निरन्तरको वर्षातले भत्काएको छ, हामीले प्राविधिकसंग बुझ्दा ईस्टिमेट अनुसार नै काम सम्पन्न भएको जानकारी पाएका थियौँ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार