भदाै २३ सम्म भाेजपुरका सबै नाका सिल

भोजपुर । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै भोजपुरका सबै सिमा नाका सिल गरिएका छन् ।

संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रवेश गर्ने सबै नाकाहरु भदाै ९ देखि २३ गतेसम्म लागु हुने गरी १५ दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

संक्रमणको कोरोना संक्रमणको जोखिम रोकथामका लागि सबै नाका सिल गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

 

यस्तै जिल्लाभर सञ्चालनमा रहेका साना–ठूला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनलाई नाकामा ‘डिसइन्फेक्ट’ गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार