लकडाउनमा सामाजिक कुरिती चिर्दै ‘बदनाम’, भोजपुरे युवाको प्रयासमा पहिलोपटक अनलाइन सिरियल सुरु

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्दै भोजपुरका युवा कलाकारितामा जुटेका छन् । सामाजिक कुरितीको उठान गर्ने उद्देश्यका साथ भोजपुरे युवा कलाकर्मीले जिल्लामा पहिलोपटक ‘बदनाम’ नामक अनलाइन सिरियल सुरु गरेका हुन् ।

सिरियलमा सामाजिक विभेद, अन्धविश्वास, कुरिती, व्यथिती, लैङ्गिक विभेद, समसामायिक विषयबस्तु, राजनीतिक कुसंस्कारको व्यङ्गयात्मक प्रस्तुती, पर्यटन प्रबद्र्धन गर्ने किसीमका विषयबस्तु समेटिएको छ

पछिल्लो समय नेपाली सामाजिक तथा राजनीतिक घटनाक्रम, विकृती, विसंगती र विभेदलाई व्यङ्ग्यात्मक शैलीबाट कलाकारितामा उतार्ने प्रयासमा युवा जुटेका हुन् । भोजपुर चलचित्रकर्मी संघद्वारा सञ्चालित अफिसियल युट्युब च्यानल बि इनफोटेन्मेन्टबाट प्रसारित उक्त अनलाइन सिरियल भदौ १५ बाट सुरु गरिएको हो । ‘बदनाम’ शिर्षक दिईएको उक्त अनलाइन सिरियल १५ दिनमा एकपटक रिलिज हुने निर्देशक विनोद प्रधानले जानकारी दिए ।
लकडाउनमा घरमै बसिरहेका दर्शकलाई फुर्सदिलो समयलाई सदुपयोग गदै मनोरञ्जनका साथै सन्देशमूलक बनाउन अनलाइन सिरियल सुरु गरिएको कथाकार विरोध बस्नेत बताउँछन् । उनका अनुसार सिरियलमा सामाजिक विभेद, अन्धविश्वास, कुरिती, व्यथिती, लैङ्गिक विभेद, समसामायिक विषयबस्तु, राजनीतिक कुसंस्कारको व्यङ्गयात्मक प्रस्तुती, पर्यटन प्रबद्र्धन गर्ने किसीमका विषयबस्तु समेटिएको छ ।
उक्त अनलाइन सिरियलमा स्थानीय युवाहरुकै अभिनय छ । सिरियलले सामाजिक कुरिती मात्र नभई स्थानीय युवाजगतको कलाकारितालाई पनि उजागर गर्ने प्रयास भएको सिरियलका सम्पादक समिर साम्पाङले बताए । सिरियलको छाँयाकंन भोजपुरका विभिन्न पर्यटकीय ऐतिहासिक स्थलहरुमा गरिएको छ । उक्त सिरियललाई आगामी दिनमा पनि निरन्तरता दिईने उनले बताए ।

भिडियोको लागि यो लिंकमा जानुहोस्ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार