सिलिचुङ संवाददाता
काठमाडौं । क्यान्सर पिडित भोजपुर हतुवागढी – ४ की ४१ बर्षिया शशिकला राईलाई ४ लाख ४ हजार ९५ रुपैया सहयोग प्राप्त भयो । सहयोग अभियान थालेको किरात राई विद्यार्थी संघले दुई चरणमा संकलन भएको २ लाख ८४ हजार ६ सय ४८ पिडित राईलाई हस्तान्तरण गरेको छ । संघको अध्यक्ष जीतेन राई र महासचिव रविन राईद्धारा विहिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १ लाख १९ हजार ४ सय ४७ रुपैया सहयोग बिरामीकी छोरी एलिसालाई रेमिट गरी पठाइसकेका छन् । दक्षिण कोरीयामा कार्यरत हतुवागढी – २ का दिलिप बान्तावाले सहयोग संकलनको समन्वय गरेका थिए । किरात राई विद्यार्थी संघ र दक्षिण कोरीयामा कार्यरत नेपालीहरुद्धारा सम्पुर्ण संकलित रकमको सहयोगीहरुको नामावली र रकम सार्वजनिक गरेका छन् ।
मिति: २०७७/०६/०८ प्रेस विज्ञप्ति किरात राई विद्यार्थी संघ धनकुटा जिल्लाका नेतृ…
Gepostet von किरात राई विद्यार्थी संघ am Donnerstag, 24. September 2020
सम्पुर्ण मित्रहरू नमस्कार 🙏🙏🙏हतुवागढी ४ खैराङ्गकी ब्रेन ट्युमर पिडित बिरामी शसिकला राईको उपचारार्थ सहयोग संकलन गर्नका…
Gepostet von हतुवागढी सरोकार मञ्च am Sonntag, 13. September 2020
शशिकलालाई ब्रेन ट्युमर भएर तिलगंगा आँखा उपचार केन्द्र, भक्तपुर क्यान्सर अस्पताल हुँदै काठमाडौंको बल्खुमा शल्यक्रियाको क्रममा आर्थिक अभाव भएपछि किरात राई विद्यार्थी संघले सहयोगको अपिल गरेको थियो । संघले केन्द्रीय सचिव प्रविणा राईको संयोजकत्वमा शशिकला राई उपचार सहयोग अभियान’ सञ्चालन गरेको थियो । संघमा शशिकलाकी छोरी एलिसा आबद्ध छिन् ।
‘उपचारका लागि ठुलो रकम चाहिने र पारिवारिक आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि हामीले मानविय सेवाको नाताले सहयोग गरेका हौ,’ किरात राई विद्यार्थी संघका महासचिव राईले बताए । यसैगरी संघको जारी विज्ञप्तीमा भनिएको छ, ‘संघमा आवद्ध सदस्यलाई दुःख पर्दा केही भएपनि साथ र सहयोग गरौं भनेर सञ्चालन गरिएको हो ।’ शशिकलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि डिस्चार्ज गरिएको छोरी एलिसाले बताएकी छन् । उनले सहयोगी हातहरुप्रति आभार प्रकट गरेकी छन् ।
विद्यार्थी संघले कोभिड–१९को महामारीको बावजुद्ध पनि आर्थिक सहयोगसँगै विरामीको लागि आवश्यक रक्तदान समेत गरेको छ । आर्थिक सहयोग गर्ने सहयोगी दाता र रक्तदात्ताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । ‘विश्व महामारी कोभिड–१९ को वावजुद्ध पनि संघलाई भरोसा र विश्वास गरेर देश तथा विदेशबाट आर्थिक सहयोग गरि विरामीको उपचारमा आर्थिक सहयोग गरिदिनुहुने सहयोगी व्यक्तित्व तथा संघको पहलमा विरामीको शल्यक्रिया लागि रक्तदान गर्नुहुने महासचिव रविन राई, किराया केन्द्रीय सदस्य प्रशुराम राई, संघका सदस्य सुजन राई, पत्रकार विद्या राई, राजेन्द्र रुम्बा, सोनम राई हृदयदेखि नै एकमुष्ट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ’ विज्ञप्तीमा उल्लेख छ ।
कोभिड–१९ को विषम परिस्थितीमा शशिकलाको पति र छोरा समेत विरामी भएर गाउँमा छन् । गाउँमा पतिको खुट्टा नचल्ने र भाई पनि निमोनियाको विरामी थिए ।