लन्डन । बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप मंगलबारबा दिने भएको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा विभागका कार्यकारी प्रमुख क्रिस हप्सनले दिएको जानकारी अनुसार मंगलबारदेखि छिटो विद्धिद्धारा दिइने भएको छ ।
बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्नेछ ।
दुई दिनअघि मात्रै बेलायतले आम प्रयोगका लागि स्वीकृति दिएको फाइजर र बायोनटेकद्वारा निर्मित खोप विहीबार लण्डन आइपुगेको छ । बेलायतले पहिलो चरणमा केयर होममा बस्ने ज्येष्ठ नागरिक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, ज्येष्ठ नागरिक, स्वास्थ्य समस्याका कारण जोखिम समूह लगायतअरुलाई खोप वितरण गर्ने भएको छ ।
परीक्षणका क्रममा फाइजर बायोएनटेक ९५ प्रतिशत प्रभावकारी पाइएको यो खोप आम प्रयोगका लागि सुरक्षित रहेको निश्कर्षसहित बेलायतले स्वीकृत प्रदान गरेको हो ।