काठमाडौं । गोर्खाहरुले माग राख्दै आएको नागरिकता निरन्तरताको पक्षमा आफुहरु सकरात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएको छ ।
गोर्खाहरुको माग सम्बन्धमा निरन्तर आवाज उठाउदै आएको बताउदै अध्यक्ष यादवले गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)का प्रतिनिधिहरुसंग आज भेट गर्दै नागरिकता संशोधन प्रस्ताव संसदमा दर्ता भएको स्मरण गराएको छ । यसले गोर्खाहरुको पक्षमा थप सहयोग हुने विश्वास व्यक्त गरेको यादवको भनाई उदृत गर्दै गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले भने ‘गोर्खाहरुको नागरिकता सवालबारे पार्टीले संसदमा निरन्तर उठाइरहेको छ ।’
गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राई उपसभापति जीतबहादुर राईको भेटमा जनता समाजवादी पार्टीका अध्यक्ष यादवले गोर्खाहरुको माग सम्बन्धमा सरकारलाई निरन्तर ध्यानाकर्षण गराउदै आएको बताए । भेटको क्रममा २२ मार्च २०१८ मा नेपाल र बेलायत सरकारलाई प्राविधिक समितिले तयार पारेको प्रतिवेदन बुझाएको र गोर्खा भुपु सैनिकहरुको नागरिकता निरन्तरता बारे प्रधानमन्त्री केपी ओलीलाई बुझएको स्मरणपत्र बुझाएको बारेमा व्यापक छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीलाई बुझाएको स्मरणपत्रसमेत हस्तान्तरण गराएका थिए ।
गेसो प्रतिनिधि र अध्यक्ष यादवको भेटमा जनता समाजवादीले गोर्खाहरुको पक्षमा निरन्तर आवाज उठाइरहेकोले गेसो सभापति कृष्णकुमार राईले यादवलाई विशेष धन्यवाद दिएका थिए ।