अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात डिल्लीबजार कारागार चलान

काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात डिल्लीबजार कारागार चलान भएका छन्। आइतबार विशेष अदालतले थुनामा पठाउन आदेश गरेपछि बस्न्यातलाई डिल्लीबजार कारागार पठाइएको हो।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो ।

यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाँउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार