ओली सरकारविरुद्ध कांग्रेस सडकमा

काठमाडौं । सरकारको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको लगभग तीन वर्ष पुग्नै लाग्दा काँग्रेस सरकारविरुद्ध सम्भवतः पहिलो पटक आक्रामक रुपमा प्रस्तुत भएको हो । सोमबार गरिएको विरोध प्रदर्शनमा हजारौं कार्यकर्ताहरुको उपस्थिती थियो ।

 

वर्तमान सरकार आन्तरिक किचलोको दलदलमा फसेर जनपक्षीय काम गर्न नसकेको भन्दै कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार चितवनमा प्रदर्शन सुरु भएको हो। वर्तमान सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका कारण लामो समयसम्मको संघर्षपछि प्राप्त उपलब्धिसमेत गुम्ने खतरामा रहेकोले केन्द्रीय समितिले नै देशभरका सबै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागेका हुन्।

 

मुलुकभरका ७७ वटै जिल्लामा सुरू भएको प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरू परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार