कांग्रेसले आगामी निर्वाचनमा बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिन्छ-महामन्त्री कोइराला

मोरङ-नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलनका क्रममा महामन्त्री कोइरालाले आउँदो आम निर्वाचनमा कांग्रेसले बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिने बताएका हुन्।

 

पत्रकार सम्मेलनका क्रममा निर्वाचनमा कांग्रेसले बहुमतको सरकार बनाउने सकेको अवस्थामा पार्टी हिन्दु राष्ट्रसंग जोडिने उनको भनाई छ।

पत्रकार सम्मेलनका क्रममा उनले पार्टीको महाधिवेशन फाल्गुनमा हुनसक्ने अवस्था नभएको प्रस्टाएका छन्। महाधिवेशन फाल्गुनबाट सारेर जेष्ठ अन्तिमभित्र हुनेमा जोड दिएका महामन्त्री कोइरालाले त्यसपछि कांग्रेसले नयाँ नेतृत्व पाउने बताए।

 

पार्टीको भावी नेतृत्वको दा्रैडमा धेरै आकांक्षी भएको बताउदै उनले कोइराला परिवारबाट भने तीनजनाबीच सरसल्लाह गरि अघि बढ्ने बताए।

त्यसैगरि, संघीयता विरोधी वर्तमान सरकार पूर्ण रुपमा असफल भएको कार्यक्रममा कोइरालाले बताएका छन्। स्थानीय तह, प्रदेश सरकारलाई अधिकार दिन नचाहेको हुदाँ सरकार संघीयता विरोधी भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार