नेकपाका प्रवास कमिटिहरुद्धारा संसद विघटनको आपत्ति

लण्डन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रवासस्थित कमिटीहरुले प्रतिनिधसभा विघटन गर्ने वर्तमान सरकारको निर्णय गलत भएको निस्कर्ष निकाल्दै आपत्ति जनाएको छ ।

 

नेकपाका ३० वटा प्रवास कमिटीका अध्यक्ष तथा सचिवहरुले सोमबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै संसद विघटनको निर्णय सच्याउन समेत माग गरेको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक र जनताको चाहना विपरीत रहेको उनीहरुको ठहर गर्दै आपत्ति जनाएका छन ।

 

तीन वर्षअघि जनताले दिएको म्यान्डेटलाई दुई तिहाई बहुमत प्राप्त सरकारले देशको मुहार फेर्न क्रान्तिकारी र प्रगतिशील कदमहरु काम गर्नुको सट्टा देशलाई गम्भिर धोका दिने काम भएको भन्दै सरकारको शुरुदेखि नै सही दिशामा बढन नसकेको विज्ञप्तिमा उल्लेख छ । पार्टी भित्रबाट सच्चिन बारम्बार सल्लाह दिंदा प्रधानमन्त्री र उहाँका निकटहरुले त्यसलाई दबाबका रुप लिनु र समझदारी र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुग्ने सम्भावना बांकी रहँदा रहँदै पनि संसद विघटन गर्ने सरकारको यो निर्णय गलत भएको पनि उनीहरुको दाबी छ ।
देश कोरोनाको कहरबाट गुज्रिरहेको बेला जनतालाई सेवा दिनुपर्नेमा सरकारको यो निर्णय गलत भएको पनि उनीहरुको भनाइ छ ।

 

यदि सच्याउन सम्भव भए यो कदमलाई सच्याएर वार्ता र छलफलबाट अहिलेको संकटलाई निकास दिन वक्तब्यमा अपिल गरेको छ । सरकारकै मन्त्रीहरु, प्रतिपक्षलगायत सबैले विरोध गरिरहेको यो कदमले देशलाई अस्थिरताको बाटोमा लग्ने भएकाले तत्काल सच्याउन पनि उनीहरुले माग गरेका छन् ।

 

यसरी विज्ञप्ति जारी गर्नेहरुमा प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई, सचिव केशव ठकुरी, बहराईनका सचिव नारायण रनपाल विस्वकर्मा, युएईका अध्यक्ष बाबुराम विश्वकर्मा, ओमानका अध्यक्ष उमेश वि.क., ईजरायलका सचिव अनिरुद्र जोशी, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य र सचिव सागर पोखरेल, स्वीटजरल्याण्डका अध्यक्ष अच्युतप्रसाद फुयाल, जापानका अध्यक्ष हबलचन्द्र लामा, अष्ट्रियका अध्यक्ष धर्मराज खतिवडा र सचिव रविचन्द्र भट्टराई, डेनमार्कका अध्यक्ष उदयराज गौतम र सचिव कृष्ण धानुक, कतारका सचिव मोहन कार्की, साउदी अरेबियाका अध्यक्ष शिवराज जैसी र सचिव राजु खनाल, आयरल्याण्डका अध्यक्ष शुकमान लामा, कोरियाका दीलिप धिताल, बेल्जियमका अध्यक्ष जीतबहादुर लामा, नेदरल्याण्डका सचिव थानेश्वर गौतम, स्पेनका अशोककिरण न्यौपाने, अस्ट्रेलियाका सचिव प्रवीण कणेल, मकाउका सचिव मनोजकुमार धामी, अमेरिकाका सचिव प्रकाश अधिकारी, हङकङका अध्यक्ष जेबी ओख्राबु, स्वीडेनका अध्यक्ष मदन ढकाल कुवेतका सचिव मुनु भुजेल, मलेशियाका अध्यक्ष रमेशप्रसाद तिवारी र सचिव दयाराम कुमाल, फ्रान्सका सचिव सुमन पौडेल, रसियाका अध्यक्ष डा. मनमूर्ति भुर्तेल, इटालीका सचिव हरिभक्त काराखेती र नर्वेका सचिव सन्तोष भण्डारी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार