नेपाल पत्रकार महासंघ भोजपुरको सातौँ साधारण सभा सम्पन्न, चार पत्रकार सम्मानीत

  सिलिचुङ सम्बाददाता

नेपाल पत्रकार महासंघ भोजपुरको सातौँ साधारण सभा सम्मानित पत्रकार । तश्विर, सिलिचुङ

 

भोजपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ का कारण गतवर्ष हुन नसकेको साधारण सभा गत आर्थिकवर्षको आयव्ययसहित सम्पन्न भएको हो ।
साधारण सभाको बन्द सत्र अन्तर्गत शाखाका महासचिव बुद्ध्र तामाङ र कोषाध्यक्ष युवराज विष्टले सांगठानिक सम्पूर्ण प्रगती विवरण प्रस्तुत गरेका थिए । सभाले बन्द सत्रलाई सम्बोधन गर्दै आगामी दिनमा क्षमता अभिवृद्धि कार्यक्रम, सदस्यता शूद्धीकरण, सहयोगीदाताहरुलाई सम्मान गर्ने प्रस्ताव अघि सारेको छ ।
भोजपुर शाखाका अध्यक्ष श्यामकृष्ण दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश कुमार मिश्र, केन्द्रिय सदस्य छेटु शेर्पा, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईँटेल, प्रदेश १ का महासचिव विवेक गौतम लगायत प्रतिनिधीहरुको प्रमुख आतिथ्य थियो ।

चार पत्रकार सम्मानित
नेपाल पत्रकार महासंघ भोजपुरको सातौँ साधारण सभाबाट जिल्लाका क्रियाशिल चार पत्रकारलाई सम्मान गरेको छ । लामो समयदेखि भोजपुरको पत्रकारितामा अमूल्य योगदान पु¥याएका षडानन्द नगरपालिकाबाट सञ्चालित खबरट्वीट अनलाइन डटकमका प्रधान सम्पादक श्रीकृष्ण बोगटी सम्मानीत भएका छन् । यस्तै जिल्लाको खोज पत्रकारितामा योगदान पु¥याउने एभिन्युज टेलिभिजनका भोजपुर सम्बाददाता युवराज विष्टलार्ई ‘लोकनाथ दाहाल स्मृती खोज पत्रकारिता’ पुरस्कारबाट सम्मान गरेको छ ।
यस्तै जिल्लाको पर्यटन क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै शाखाले यो वर्षको ‘तिलक बहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका भोजपुर सम्बाददाता प्रदिपचन्द्र राईलाई प्रदान गरेको छ । यस्तै जिल्लाको विकास निर्माण, जनसरोकारका विषयमा पु¥याएको योगदानको कदर गर्दै यसवर्षको ‘श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कार’ कान्तिपूर टेलिभिजनका भोजपुर सम्बाददाता अर्जुन बस्नेतलाई प्रदान गरिएको जिल्ला शाखा भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार