बेलायतमा ठुलो संख्यामा कोरोनाविरुद्धको खोप दिन थालियो

लण्डन । कोरोनाभाइरसको संक्रमण दैनिक रुपमा झन झन बढदै गएपछि बेलायतमा ठूलो संख्यामा कोरोनाविरुद्धको खोप दिन थालिएको छ । कोरोनाभाइसलाई नियन्त्रण गर्नका लागि ठुलो संख्यामा कोरोनाविरुद्ध खोप दिन थालिएको हो ।

 

कोरोनाभाइरस अत्याधिक रुपमा बढेपछि नियन्त्रणका लागि सरकारले अनिश्चितकालिन लडकडाउन गरेको छ ।  सोमबारदेखि सरकारले देशका विभिन्न सात स्थानबाट वृद्धवृद्धा तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरतहरुलाई खोप दिन थालिएको छ ।

 

मानिसहरुको जनघनत्व भएको एक दर्जन भन्दा बढि शहरहरुमा खोप दिन थालिएको छ । खोप दिइदै आएको खोप सेन्टरहरुमा एक मिनेटमा चार जनालाई खोप दिने क्षमता रहेको राष्ट्रिय स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

सरकारले थप ठूलो संख्यामा खोप दिन अर्को हप्तादेखि थप केन्द्रहरु विस्तार गरी दिने तयारी गरेको छ । सरकारले खोप पाउनुपर्ने प्राथमिकताको उच्च चार समूहमा रहेका करिब १ करोड ३० लाख मानिसहरुलाई कोरोनाको खोप दिने लक्ष्य राखेको छ । सबै मानिसहरुलाई खोप दिइसक्ने सरकारको योजना रहेको स्वास्थ्य मन्त्री म्याट ह्यानककले बताएको बेलायती सञ्चारमाध्यमहरुले जनाएको छ ।

 

बेलायतमा एक महिनाअघि नै कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । हाल बेलायतमा १२ लाख ९६ हजारले खोप पाइसकेको छ ।  बेलायतका करिब १ हजार २ सय स्वास्थ्य संस्थाहरुबाट खोप दिइँदै आएकोमा फार्मेसीबाट पनि खोप दिने तयारी गरिदै छ । बेलायतका खोप मन्त्री नदिम जाहावीले अहिले दैनिक २ लाख मानिसहरुलाई खोप दिन शुरु गरिएको बताएका छन् । हालसम्म युकेको कुल जनसंख्याको २.४ प्रतिशतले मात्र खोपको पहिलो मात्रा पाएको छ ।

 

बेलायतमा कोरोना भाइरसका कारण ८१ हजार भन्दा बढि मानिसको ज्यान गइसकेको छ भने लाखौं संक्रमित छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार