बल्ल जुर्यो मुख्यमन्त्रीको लगन, शेर्पा समुदायकी युवतीसंग विवाह हुँदै

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान धेरैले चासो राख्ने विषय हो ।
सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् ।
उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।
संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो ।
यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार