
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवहा हुने पक्का भएको छ । मुख्यमन्त्री राईले एक सुन्दरीसंग विवहा गर्न लागेको छ ।
मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासंग मुख्यमन्त्री शेरधन राईले लगनगाँठो कस्न लागेका हुन । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच विहे हुने स्रोतको दावी छ ।
मिस मंगोल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौंमा बस्छिन् ।
प्रदेश १ का मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइमार्फत् नजिक भएकी उनले आफ्नो सामाजिक सञ्जालमा केपी ओलीका भिडियो सन्देशहरु शेयर गरेकी छन् ।
५१ बर्षीय मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ । मुख्यमन्त्री राई महिलाहरुको बारेमा चर्चामा रहदै आएका थिए । यसभन्दा अघि एक युवतीले शेरधन राई आफ्नो पति भएको दावी समेत गरेकी थिइन ।
२७ वर्षको उमेरमै २०५६ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै बैकल्पिक पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।










