सुनको भाउमा तोलाको ७ सयले गिरावट

काठमाडौँ । सुनको तोलामै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिन आईतबारको कारोबार सुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको छ ।
९२ हजारमा रुपैयाँमा शुक्रबार कारोबार भएको तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोबार भएको छ ।
यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा मूल्य निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार