५ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बुटवल । पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक हुन् ।
कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध स्वीकार गरेको उनको भनाइ छ । थापाका अनुसार माघे संक्रान्तिका दिन पसलमा जाँदै गरेकी बालिकालाई होमबहादुरले बाटोबाट झाडीतर्फ लगेर जबरजस्ती करणी गरेका थिए । बालिकालाई खोजी गर्ने क्रममा झाडीमा बेहोस अवस्थामा फेला पारिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार