जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् । त्यस्तै कारी यादव र प्रदीप साह पनि घाइते भएको नेकपाले जनाएको छ ।

नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ ।यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार