ओली समूहको राजधानीमा शक्ति प्रदर्शन

ओली समूहले आज राजधानीम शक्ति प्रदर्शन गरिरहेकाे छ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डा, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने रानाका साथ नारायणहिटी दरबार अगाडि आमसभा गरेकाे हाे।

 

वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए। सभा सम्पन्न गर्न  काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

 

मध्याह्न १२ बजेदेखि हुने सभामा  प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार