१४ जना पत्रकारलाई पुननिर्माण र पुन:स्थापना लेखनवृत्ति सम्मान

  सिलिचुङ संवाददाता

काठमाडौं । १४ जना पत्रकार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मानका लागि छनौट भएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग तथा सोही संस्था र नेपाल पत्रकार महासंघको सहकार्यमा भुकम्पवाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरुलाई लेखनवृत्ति सम्मान प्रदान गर्न लागिएको बिहिबार महासंघका महासचिव रमेश बिष्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

छनौट भएका पत्रकारहरुलाई २०७७ फाल्गुन २ गते दिउसो १ वजे महासंघको केन्द्रीय कार्यालयमा एक कार्यक्रममा नगद रु. १२,००० र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।

नेपालमा २०७२ बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र तत्पश्चातका पराकम्पका कारण मुलुकमा पुगेको भौतिक क्षतिको सिघ्र पुननिर्माण गर्ने प्रमुख उद्देश्यसहित भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुननिर्माण कार्य सम्वन्धमा प्रकाशित प्रसारित १४ उत्कृष्ट समाचार सामग्री छनौटमा परेका हुन् ।

छनौटमा परेका पत्रकारहरु
आवेदक जिल्ला
१. भिमलाल श्रेष्ठ – गोरखा
२. नवराज छत्कुली – धादिङ
३. मोतीराम तिमल्सिना – काभ्रे
४. राजकुमार कार्की – सिन्धुली
५. अनुकुमारी आचार्य – रसुवा
६. विद्या राई – काठमाण्डौँ
७. दुर्गा आचार्य – सिन्धुपाल्चोक
८. सम्झना रिजाल – मकवानपुर
९. शिवप्रसाद ढुंगाना – ओखलढुंगा
१०. रामहरी कार्की – ललितपुर
११. सम्झना पौडेल – भक्तपुर
१२. शर्मिला उप्रेती – नुवाकोट
१३. उषा तामाङ्ग – दोलखा
१४. जानुका पौडेल – रामेछाप

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार