काठमाडौं । पत्रकार विद्या राई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल – पुनर्निर्माण र पुनःस्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएकी छन् ।

आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भुकम्पबाट अतिप्रभावित काठमाडौं जिल्लामा भैरहेको पुनःनिर्माणबारे समाचार प्रवाह गरेको कदर स्वरुप सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा उनी सहित भूकम्पबाट अतिप्रभावित १४ जिल्लाहरु गोरखाका भिमलाल श्रेष्ठ, धादिङका नवराज छत्कुली, काभ्रेका मोतीराम तिमल्सिना, सिन्धुलीका राजकुमार कार्की, रसुवाकी अनुकुमारी आचार्य, सिन्धुपाल्चोककि दुर्गा आचार्य, मकवानपुरकी सम्झना रिजाल, ओखलढुंगाका शिवप्रसाद ढुंगाना रहेका छन् ।

यस्तै ललितपुरका रामहरी कार्की, भक्तपुरकी सम्झना पौडेल, नुवाकोटकी शर्मिला उप्रेती, दोलखाकी उषा तामाङ र रामेछापकी जानुका पौडेल पनि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल– पुनर्निर्माण र पुनःस्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएका हुन् ।
पाँच बर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशिल विद्या कान्तिपुर दैनिकमा उप–सम्पादक छिन् । करिब दुई बर्ष गृह जिल्ला भोजपुरमा पत्रकारिता गरेकी उनी त्यसयता काठमाडौंमा रहेर काम गरिरहेकी छन् ।
यस सिलिचुङ डटकममा सल्लाहकार सम्पादक रहेकी उनी भोजपुर छदा न्युज ट्वान्टी फोर टेलिभिजन, नागरिक दैनिक, हिमशिखर टेलिभिजनमा जिल्ला संवाददाता भएर काम गरिसकेकी छन् । देशका विभिन्न दुर दराजमा पुगेर स्थलगत रिपोर्टिङमा रुची राख्ने उनलाई सम्मानले थप हौसला मिलेको सुनाइन्।







