
भोजपुुर । भोजपुर सदरमुकामका हरेक गल्ली, चौक, मोडहरुमा तारहरु लत्रिएका छन् । हरेक विजुलीका पोलमा टेलिफोन, ईन्टरनेट, विजुलीका तारको भार छ । एकैठाउँमा टाँगिदा सबैखाले तारहरु बटारिएका छन् । कयौैँ विजुलीका पोलहरु पुराना भईसकेका छन् । अव्यवस्थित रुपमा यत्रतत्र झागिंएका तारले सदरमुकामलाई कुरुप बनाएको छ । ती गुजुल्टिएका तारका कारण कुनबेला दुर्घटना निम्तिने हो कुनै ठेगान छैन । सदरमुकामको यो हविगतले जति कुरुप बनाएको छ त्यति नै जोखिम पनि निम्त्याएको छ ।
विद्युत्त प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने पनि छुट्याउन मुस्किल हुने गरेको छ
अव्यवस्थित तारका कारण सदरमुकाम संवेदनशिल बनेपनि सरोकारवाला निकायले चासो नदिँदा जोखिम बढेको हो । बैंकरोड, डाँडागाउँ, चारभञ्ज्याङ, पानीट्याङ्की लगायत मुख्य स्थानमा जोखिमपूर्ण अवस्थामा विजुली, ईन्टरनेट र टेलिफोनका तारहरु भेटिन्छन् । तार व्यवस्थापन ध्यान नपु¥याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने स्थिती छ ।
विशेषगरी भुकम्प, आगालागी, हावाहुरी जस्ता प्राकृतिक विपत्मा झनै जोखिम हुने गरेको स्थानीयबासिन्दाहरु बताउँछन् । विचबजारका स्थानीय शम्भु वालाहाङ राईले भने, ‘हावाहुरी चल्दा पनि डर हुन्छ, तारहरु यसरी बटारिएको छ कि विजुली सर्ट हुने वित्तिक्कै सबै सखाप हुने स्थिती छ’
तार व्यवस्थापनमा सम्बन्धित निकायकै वेवास्ताका कारण जोखिम धेरै भएको हो । विद्युत्त प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने पनि छुट्याउन मुस्किल हुने गरेको छ । टेलिफोनमा समस्या आउँदा प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेको बैंकरोड स्थानीय सेवाग्राही विष्णु कुमारी राईले सुनाईन् । सेवा लिँदा जोखिम पनि संगसंगै थपिने गरेको उनले बताईन् ।
साँघुरिएको बजारक्षेत्रका सडकमा टाँगिएका होचा तारहरु ठुला मालबाहक सवारीसाधनले चुँडाउने, बिगार्ने हुँदा लाईन सर्ट हुने जोखिम उत्तिकै मात्रामा रहेको पोखरेका स्थानीय अगुवा नविन प्रधानको भनाई छ । भन्छन्, ‘सानो बाटो, घरजत्रा गाडी कुदाउँदा धेरै त तारहरु चुँडिने गरेको छ, डरमर्दाे स्थिती छ, न त विजुली अफिसले हेर्छ, न टेलिकमले, न कुनै ईन्टरनेट कम्पनीले, कतिबेला कस्को धनजनको क्षति हुने हो, टुंगो छैन’
यता स्थानीयबासीबाट तार व्यवस्थापनमा चासो नदिएको प्राधिकरणले जनाएको छ । बजारका विद्युत्त विस्तार लाईनहरु अन्य ईन्टरनेट कम्पनी र नेपाल टेलिकमले एकै स्थानमा तार व्यवस्थापन गर्दा यो समस्या आएको नेपाल विद्युत्त प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले बताए । उनले भने, ‘बजारमा त्यस्ता धेरै विजुलीका पोल अन्य ईन्टरनेट र नेपाल टेलिकमले आफ्ना लाईन पनि विद्युत्तका तारसंग राखेका छन्, सेवाग्राहीबाट पनि कुनै प्रतिक्रिया आएका छैनन्, सेवाग्राहीले निवेदन दिएमा मात्रै हामी ती तारहरु व्यवस्थापन गर्नेर्छौ’








