
भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को क्याम्पस ईकाइ कमिटी गठन भएको छ । मंगलबार स्नातक तह पहिलो वर्षतर्फको शिक्षा संकाय र व्यवस्थापन संकायमा क्याम्पस ईकाइ कमिटी गठन भएको हो ।
प्रथम वर्षको शिक्षा संकायतर्फ स्मृति कार्कीको संयोजकत्वमा ५१ र व्यवस्थापन संकायतर्फ तारा तामाङको संयोजकत्वमा ११ सदस्यीय क्याम्पस ईकाइ कमिटी गठन भएको छ । अनेरास्ववियू जिल्ला कमिटीका अध्यक्ष ध्रुवराज राई, भोजपुर बहुमुखी क्याम्पस स्ववियू सभापति एवम् कार्यालय सदस्य प्रकाशसिं राई, अनेरास्ववियू जिल्ला कमिटी सचिवालय सदस्य मौसम चन्द्र राईको उपस्थितीमा समिति गठन भएको थियो । उक्त कमिटी गठन कार्यक्रम अनेरास्ववियू जिल्ला कमिटी सदस्य प्रताप तामाङले सञ्चालन गरेका थिए ।







