बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटदै

लण्डन । कोरोनाभाइरसको संक्रमणबाट उच्च मृत्युदर रहेको बेलायतमा केही दिनयता घटन थालेको छ । कोरोनाबाट उच्च मृत्यदर रहेको बेलायतमा ४० प्रतिशतले कमी आएको छ ।

 

बुधबारको तथ्याङ्क अनुसार २४ घन्टामा १ सय ९० जनाको कोरोनाबाट मृत्यु भएको छ । २४ घन्टामा ५ हजार ९ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १ लाख २४ हजार ९ सय ८७ पुगेको छ । हालको समयसम्म संक्रमितको संख्या ४२ लाख ३४ हजार ९२४ पुगेको छ ।

 

अस्पतालमा उपचारार्थ संख्या पनि घटेर ९ हजार ४ सय ३५ मा झरेको छ । बेलायतमा दुई करोड ४० लाख भन्दा बढी खोप वितरण भइसकेको छ ।

कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि इंग्ल्याण्डमा सरकारद्वारा जारी कडा प्रतिबन्धका कारण र कोरोनाविरुद्ध खोपको प्रभावका कारण संक्रमणमा कमी बेलायतको सञ्चारमाध्यमहरुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार