
भोजपुर । एक्कासी सल्केको आगोले एकघर पूर्ण रुपमा जलेर नष्ट भएको छ । अरुण गाउँपालिका २, चम्पेको सिस्नेरीस्थित स्थानीय चुडामणि खनालको घर आगालागीमा परि पूर्ण रुपमा ध्वस्त भएको हो ।
स्थानीय प्रकाश खनालका अनुसार शुक्रबार विहान करिब ६ बजेतिर घरभित्रबाट धुँवा निस्किएपछि आगालागी सुरु भएको बताए । कोहि नभएको आफ्नो घरमा नियोजित ढंगबाट आगो लगाईएको पिडित घरधनी चुडामणिले बताए । आगालागीमा परि घरभित्र रहेको लत्ताकपडा, मंहगो काठपात लगायत ४० लाख बराबरको मालसामान जलेर नष्ट भएको छ ।
केहि समयदेखि खाली रहेको उक्त घरमा विहान एक्कासी आगालागी भएको थियो । चारैतिर बन्द उक्त घरभित्र कसरी आगालागी भयो भन्ने यकिन विवरण आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी ईन्स्पेक्टर प्रदिप लामाका अनुसार आगोलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भईरहेको जानकारी दिए ।









