अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा

  सिलिचुङ सम्बाददाता

चौथो मेयर अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सम्बन्धि आयोजित पत्रकार सम्मेलन । तश्विर, सिलिचुङ

 

भोजपुर । मोफसलकै सर्वाधिक ठुलो धनराशीको चौँथो मेयर अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा आयोजना हुने भएको छ । झण्डै ८ वर्षपछि आयोजना हुन लागेको गोल्डकपमा ख्यातीप्राप्त राष्ट्रिय फुटबल क्लब र अन्य मुख्य ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
२०७० सालदेखि विभिन्न प्राविधिक र आर्थिक समस्याका कारण गोल्डकप आयोजना हुन सकेको थिएन । नकआउट चरणबाट खेलाईने प्रतियोगितामा अफ्रिकन रुट्स एशोसियसन, धनकुटा फुटबल क्लब, धरान फुटबल क्लब, रेडहर्श फुटबल क्लब ईलाम, सगरमाथा युथ एशोसियसन मोरङ, गोर्खा ब्वाईज रुपन्देही, भगवती स्पोर्टस् क्लब खोटाङ र आयोजक भोजपुर फुटबल टिम गरी ८ टिम सहभागी हुनेछन् ।
खेलकुद प्रबद्र्धन गर्न र नयाँ खेलाडी उत्पादन गरेर जिल्लामा खेल पर्यटनलाई टेवा पु¥याउने लक्ष्यले गोल्डकप प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए । साथै खेलकुद आयोजनाबाट आन्तरिक रुपमा समेत आर्थिक टेवा पु¥याउने उद्देश्य लिईएको उनले बताए ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा नगरपालिकाको २५ लाख, जिल्ला फुटबल संघको ५ लाख र अन्य प्रायोजनमार्फत ४ लाख गरी अनुमानित कुल ३४ लाखको लागत लाग्ने संघका महासचिव सफल किँरातले जानकारी दिए । प्रतियोगितमा सहभागी टिम र खेलाडीको आउनेजाने, खानेबस्नेको प्रबन्ध समेत मिलाईएको उनले बताए । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता नगद ५ लाख र ट्रफी र दोश्रो हुने टिमले नगद ३ लाख प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार