हर्कराज पाण्डेको अध्यक्षतामा नेकपा एमाले मानेभञ्ज्याङ वडास्तरीय कमिटी गठन

  सिलिचुङ सम्बाददाता

वडास्तरीय कमिटी गठनमा उपस्थित नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश १ का सांसद माननीय राजेन्द्र कुमार राई भेलालाई प्रशिक्षण दिँदै

 

 

भोजपुर । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङस्थित नेकपा एमालेको वडास्तरी कमिटी गठन भएको छ । हर्कराज पाण्डेको संयोजकत्वमा २० सदस्ययीय वडास्तरीय कमिटी गठन भएको हो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा गठन गरिएको उक्त वडा भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य हरि राई, जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईको प्रमुख उपस्थिती थियो ।
जिल्लाको ९ वटै स्थानीय तह र ८१ वटै वडामा वडा तह गाउँ, नगर भेला सम्पन्न गर्ने क्रमलाई तीव्रता दिईएको जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए । बाँकी रहेका स्थानीय र वडा तहमा आगामी दिनभित्र सम्पन्न गर्ने र सबै बामपन्थी शक्ति एकतृत गर्ने अभियानमा लागी परेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार