
अर्जेन्टिना २८ वर्षपछि दक्षिणी अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको च्याम्पियन बनेको छ । आईतबार सम्पन्न फाइनल खेलमा ब्राजिललाई १ ० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो दी जेनेरियोस्थित ७८ हजार क्षमताको माराकाना स्टेडियममा ७८ सय दर्शकबीच भएको खेलमा घरेलु टिम ब्राजिललाई हराउँदै उपाधिमाथि कब्जाएको हो।प्रतिस्पर्धात्मक खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डी मारियाले गरेको गोल नै खेलमा निर्णायक बन्यो । र, सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपा अमेरिकाको उपाधि जित्दै धेरै पटक कोपा अमेरिका जित्ने टिमको सूचिमा उरुग्वेसँग बराबरी गरेको हो । यो सिजन अर्जेन्टिना च्याम्पियन बनेसँगै उरुग्वे र अर्जेन्टिनाले सर्वाधिक समान १५१५ पटक कोपा अमेरिकाको उपाधि जितेका छन् ।
ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म पुर्याएर पनि उपाधि दिलाउन नसकेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी यसपटक सफल भएका छन् । ६ पटकको बालोन डिओरको उपाधि उचालेका उनले अर्जेन्टिनाबाट हात पारेको सबैभन्दा ठूलो उपाधि २००८ को चीन ओलम्पिकको स्वर्ण नै हो । उच्च प्रतियोगितामा भने सन् १९९३ को कोपा अमेरिकापछि अर्जेन्टिनाले कुनै उपाधि जितेको छैन ।
मेस्सीको सन्दर्भमा यो उनको १० औं मुख्य प्रतियोगिता हो । उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा सहभागिता जनाउँदै विश्वकपमा ६ गोल गरिसकेका छन भने कोपा अमेरिकामा २००७, २०११,२०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल १३ गोल गरिसकेका छन् ।










