
काठमाडौं। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ।
विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको रिटमा मागदाबी गरिएअनुसार फैसला गर्ने सन्दर्भमा ५ जना न्यायाधीश एकमत भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा सुनाएका छन्।
राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए।
सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको छ।
सर्वोच्चको संवैधानिक इजालसले देउवालगायत १४६ सांसदले दायर गरेको रिटमाथि सोमबार फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेको हो।







