
प्रधानमन्त्री शेरबहादुर देउवा र भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री इन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ।
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले देउवा र ब्लिन्केनबीच अमेरिकाले उपहार दिएको कोरोना विरुद्धको १५ लाख खोप र कोरोना विरुद्धको अन्य सहायताका विषयमा कुराकानी भएको जानकारी दिएका छ्न्।
उनका अनुसार नेपाल र अमेरिकाबीचको सहकार्यलाई थप बढाउँदै लैजाने विषयमा पनि कुराकानी भएको छ। यसैगरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भैरहेको प्रयास बारे पनि छलफल भएमो प्रवक्ता प्राइसले जनाएका छ्न्।
अमेरिकी विदेश मन्त्री ब्लिन्केन मंगलबार छिमेकी मुलुक भारत भ्रमणमा आएका छन।







